पूर्वी नवलपरासीमा रेबिज भ्याक्सिन अभाव

भाद्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
पूर्वी नवलपरासीमा रेबिज भ्याक्सिन अभाव

परासी । पूर्वी नवलपरासीमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ ।

जिल्लामा मध्यविन्दु जिल्ला अस्पताल र सरकारी स्वास्थ्य सस्थामा एक हप्ता देखि भ्याक्सिन अभाव भएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।

जिल्ला अस्पतालमा मात्र मासिक रुपमा करिब तीन सय डोज रेबिज विरुद्धको भ्याक्सिन खपत हुँदै आएको थियो । भ्याक्सिन अभाव भएपछि पूर्वी नवलपरासीका सेवाग्राही भ्याक्सिनका लागि चितवन जानुपर्ने बाध्यता छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र हुँदै जिल्लामा आउने भ्याक्सिन प्रदेशमा समेत स्टक सकिएपछि जिल्लामा अभाव भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement