सप्तरीमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस तीब्र

भाद्र १९, २०७९
सप्तरीमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस तीब्र

मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि सप्तरीका राजनीतिक दलले स्थानीय स्तरबाट उम्मेदवार सिफारिसको प्रक्रिया तीव्र बनाएका छन् । अन्य दलले सिफारिस अन्तिम चरणमा पुर्याइसक्दा माओवादीको भने कुनै सुरसार छैन।

सप्तरीमा अधिकांश दलले उम्मेदवार सिफारिसको प्रक्रिया अगाडि बढाइरहेका छन् । सिफारिस गर्दा गत बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा उम्मेदवार नभएका, पार्टीमा सक्रिय भई जनाधार भएका र  भ्रष्टाचारमा संलग्न नभएकालगायतका आधार बनाइएका छन् । 

दलका प्रदेश निर्वाचन तथा प्रतिनिधि सभा निर्वाचन समितिहरुले उम्मेदवारहरुको नाम जिल्ला समितिमा सिफारिश गर्नेछन् । त्यसपछि नाम प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाइनेछ । अहिलेसम्म सप्तरीमा जनता समाजवादी पार्टी र एमालेले सिफारिसको काम अन्तिम चरणमा पुर्‍याएका छन् । नेपाली काँग्रेस, लोसपा, एकीकृत समाजवादी तथा जनमत पार्टी उम्मेदवारको नाम सिफारिस क्रममै छन् । तर नेकपा माओवादी केन्द्रले भने सिफारिसको काम सुरुसमेत गर्न सकेको छैन ।

 

४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सप्तरीमा २०७४ को निर्वाचनमा १ र २ क्षेत्रमा तत्कालीन संघीय समाजवादी, ३ मा तत्कालीन राजपा र ४ मा नेपाली काँग्रेस विजयी भएका थिए । यस्तै, ८ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये राजपा ३ स्थानमा, संघीय समाजवादी २, एमाले २ र कांग्रेस १ स्थानमा विजयी भएका थिए । 

 


Enter Kantipur TV HD
Advertisement