काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इलाम र बझाङमा शनिबार हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको सिफारिस र सोही दिन बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।
उपनिर्वाचन, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरु समन्वयात्मक रुपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।
यो पनि...
उपनिर्वाचनको मौनअवधि सुरु, मतगणना नसकिँदासम्म प्रचार गर्न नपाइने