गाजामा भग्नावशेष हटाउन १४ वर्ष लाग्ने राष्ट्र संघको अनुमान

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजामा भग्नावशेष हटाउन १४ वर्ष लाग्ने राष्ट्र संघको अनुमान

काठमाडौं । गाजा पट्टीमा इजरायलको विनाशकारी आक्रमणले ध्वस्त बनाएका संरचनाहरुको भग्नावशेष हटाउन लगभग १४ वर्ष लाग्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघका माइन एक्शन सर्भिसका वरिष्ठ अधिकारी पेहर लोधम्मरेले जेनेभामा पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा यस्तो बताएका हुन् ।

हमासविरूद्ध इजरायलको सैन्य अभियानले २३ लाख नागरिक घरबारविहीन, भोकमरी र रोगको जोखिममा परिणत गरेको उनले बताए । युद्धले धरै जनघनत्व भएको क्षेत्रमा अनुमानित ३७ लाख टन भग्नावशेष रहेको बताइएको छ । गाजामा फेला परेका अविष्फोटक हतियारको यकिन संख्या निर्धारण गर्न असम्भव भए पनि भत्किएका भवनहरूका भग्नावशेष हटाउन १४ वर्ष लाग्ने अनुमान गरिएको छ ।

विगतका दिनमा गाजा पट्टीमा इजरायलले गरेको आक्रमणमा थप ५० जनाको मृत्यु भएको बताइएको छ । त्यहाँका अस्पतालहरुबाट इजरायलले आफ्नो सैनिक फिर्ता बोलएपछि उक्त क्षेत्रबाट चार सयभन्दा बढी गाडिएका शवहरु निकालिएको छ ।  निकाल्ने क्रम अझै जारी रहेको बताइएको छ । गाजामा अक्टोबर ७ देखि इजरायलको सैन्य कारबाहीमा कम्तिमा ३४ हजार ३ सय ५ प्यालेस्टाइनी मारिएका र ७७ हजार २ सय ९३ घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.