काठमाडौं । वैशाख १५ गते उपनिर्वाचन हुने इलाम र बझाङमा मौनअवधि सुरु भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधि सुरु भएको जनाउँदै मतगणना सम्पन्न नभएसम्मका लागि प्रचारप्रसार निषेध गरेको छ ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागु हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउने क्रम तीव्र पारिएको छ । ४ मंसिर २०७९ मा भएको आमनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएपछि र बझाङबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
मतदान वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।