स्थानीय तह निर्वाचनमा अत्यधिक मतका साथ नेपालगन्ज उपमहानगरको प्रमुखमा विजयी भएका नेपाली कांग्रेसका प्रशान्त बिष्ट र जनता समाजवादी पार्टीबाट उपप्रमुखमा विजयी भएका कमरुद्धिन राई शनिबार सयुक्तरुपमा विजयउत्सवमा सहभागी भए । फरक सिद्धान्त र बिचार अनुयायी हुादाहुादै पनि ५ वर्ष लागि नेपालगन्ज उपमहानरको बागडोर यीनै नेताको हातमा पुगेको छ ।
राजनीतिक इतिहास हेर्दा २०१९ देखि २०२२ सालसम्म कांग्रेसका कृष्णजंग शाह, २०४९ देखि २०५४ सम्म विजयकुमार गुप्ताले नेपालगन्ज उपमहानगरको नेतृत्व गरेका छन् । त्यसअघि २०१७ सालमा स्वतन्त्र उम्मेदवार मुलचन्द आजाद नगर प्रमुख बनेका थिए । २०५४ देखि २०५९ सम्म एमालेबाट डा. धवलसमशेर राणा प्रमुख बने । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा राणाले एमाले त्यागेर राप्रपाबाट नेपालगन्ज उपमहानगरको प्रमुख बने । तर ती निर्वाचनमा अहिले जस्तो विपरित सिद्धान्त र विचार बोकेका पार्टीबीच गठबन्धन थिएन । तर जसपा र माओवादीसाग गठबन्धन बनाएर निर्वाचनमा उत्रादा नेपाली कांग्रेसले उपमहानगरको नेतृत्व त प्राप्त गर्यो तर जसपाले नेका र राप्रपाको आधार क्षेत्र भत्काउन सफल भएको देखिन्छ ।
फरक-फरक राजनीतिक सिद्धान्त र विचार हुादाहुादै पनि नेपालगन्ज उपमहानगरको नेतृत्वमा पुगेका नेपाली कांग्रेसका प्रशान्त विष्ट र जसपाका कमरुद्धिन राईले नेपालगन्जको परिवर्तनको रेखा कसरी कोर्ने हुन् त्यो भने हेर्न बााकी नै छ ।