नेपाली तयारी चियाले किन राम्रो मूल्य पाउन सकेन ? (अन्तर्वार्ता)

चैत्र १०, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाली तयारी चियाले किन राम्रो मूल्य पाउन सकेन ? (अन्तर्वार्ता)

नेपालमा उत्पादित चिया विश्व बजार पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले २०७१ सालमा चिया अक्सन सञ्चालन निर्देशिका तयार पारियो । सरकारले केही बजेट विनियोजन पनि गर्‍यो । तर हालसम्म पनि अक्सन सञ्चालन हुन सकेको छैन । नेपालमा २०२१ सालबाटै झापामा व्यावसायिक चिया खेती सुरु भए पनि ५० को दशकमा सरकारले कृषि विकास बैंकबाट सहुलियत ब्याजमा कर्जा थालेपछि चिया खेतीमा किसानको आकर्षण बढेको हो ।

त्यसपछि चिया खेतीको क्षेत्रफल बढ्यो भने किसानले मूल्य पनि राम्रो पाउन थाले । तर तयारी चियाको मुख्य बजार भारत भएकाले भारतीयले तोकेको मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ ।

मजदुरको ज्याला, सिँचाइ, औषधिको लागत बढ्ने तर चियाको मूल्य नबढ्ने भए पछि कतिपय किसानले चियाको बगान नै मासेका छन् तर यसतर्फ सरकारको ध्यान गएको छैन ।

प्रस्तुत छ यसै विषयमा कुरा गर्न हल्दीबारी साना चिया किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष हर्क तामाङ, चियाविज्ञ प्रा.डा. पृथ्वीविक्रम राईसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement