काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्न सकिने बताउनुभएको छ ।
गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।
कानुनमन्त्री गिरीले कान्तिपुर समाचारसँग कुरा गर्दै लामिछानेमाथि कांग्रेसले लगाएको आरोपबारे सरकारी संयन्त्रले अनुसन्धान गरिरहेको र टुंगो लगाउन नसके समिति गठन गरेर जान सकिने बताउनुभएको हो ।
विस्तृत अन्तर्वार्ता भिडियोमा :