पुनर्निर्माणमा राजनीति भयो : भूकम्पविद् आमोदमणि दीक्षित (अन्तर्वार्ता)

वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पुनर्निर्माणमा राजनीति भयो : भूकम्पविद् आमोदमणि दीक्षित (अन्तर्वार्ता)

२०७२ वैशाख १२ गतेको एउटा काहाली लाग्दो दिनको त्रासदी धेरै नेपालीको मानसपटलमा अझै छ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा ९ हजार जनाको मृत्यु भयो भने २ हजार गम्भीर घाइते भए । ८ सय ८१ अर्बको क्षति भयो । भूकम्पले ११ लाख निजी घर, ५ हजार विद्यालय, स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदाहरुमा पूर्ण क्षति पुर्‍यायो ।

भूकम्प गएको ९ वर्ष पूरा भयो । तर क्षतिग्रस्त भवन तथा सम्पदाहरुको पुनर्निर्माण अझै पूरा भएको छैन । हामीले बैशाख १२ गते गएको भूकम्पबाट के कस्तो पाठ सिक्यौं, यसरी आइपर्ने विपदबाट जोगिन सरकार र नागरिक दुवैको भूमिका कस्तो हुनुपर्छ ? प्रस्तुत छ‍- यिनै विषयमा भूकम्पविद् आमोदमणि दीक्षितसँग गरिएको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.