काठमाडौं । उपनिर्वाचनको मतगणनाको पछिल्लो अपडेट अनुसार इलाममा एमालेकै उम्मेदवारको अग्रता रहेको छ ।
अहिलेसम्म ९ हजार ६५१ मत गणना गरिएकोमा एमालेका सुहाङ नेम्वाङले ४ हजार ४१३ मत ल्याउनु भएको छ । उहाँलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ३ हजार २५८ मत ल्याउनु भएको छ ।
सुहाङ र डम्बरबीच १ हजार १५५ मतको अन्तर छ । स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिनले ९ सय ६३ मत ल्याउनु भएको छ भने रास्वपा मिलन लिम्बु ६४५ ल्याएर चौथो स्थानमा हुनुहुन्छ ।