काठमाडौं । यतिबेला बझाङ र इलामामा एमालेकै उम्मेदवारको अग्रता कायम छ । इलाममा एमालेका सुहाङ नेम्वाङ अग्र स्थानमा छन् भने बझाङमा एमालैकै दमनबहादुर भण्डारी अग्रस्थानमा छन् ।
मतगणनाको पछिल्लो आँकडाअनुसार प्रदेशसभा निर्वाचनअन्तर्गत बझाङमा एमालेका दमनबहादुर भण्डारीले ४ हजार ६६८ मत ल्याउनु भएको छ भने उहाँलाई झिनो मतान्तरले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले पछ्याउँदै हुनुहुन्छ । सिंहले ४ हजार ५८० मत ल्याउनु भएको छ ।
यस्तै प्रदेशसभा सदस्यका अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ४४२ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार ६५८ मत ल्याउनु भएको छ ।