काठमाडौं । पश्चिम अफ्रिकाबाट स्पेनका लागि गइरहेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ ।
मारिएका मध्ये २५ मालीका नागरिक हुन् । डुङ्गामा करिब ८० जना सवार थिए । तीमध्ये ११ जनाको उद्धार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।