ब्ल्याक सीमा दुई वटा रूसी ट्यांकर क्षतिग्रस्त

पुस १, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
ब्ल्याक सीमा दुई वटा रूसी ट्यांकर क्षतिग्रस्त

काठमाडौं । ब्ल्याक सी अर्थात् कालो सागरमा दुई वटा रूसी ट्यांकर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । आँधीका कारण क्षतिग्रस्त ट्यांकरबाट तेल चुहिन थालेको रूसी अधिकारीलाई उद्धृत गर्दै रूसी समाचार एजेन्सी तासले उल्लेख गरेको छ ।

क्रिमियालाई रूसबाट अगल गर्ने ‘ब्ल्याक सी’को कर्च स्ट्रेटमा दुवै तेल ट्यांकर क्षतिग्रस्त भएको बीबीसीले जनाएको छ । दुई ट्यांकरको ४२ सय टन तेल बोक्ने क्षमता थियो । यद्यपि ती तेल ट्यांकरबाट कति मात्रामा तेल चुहिएको छ भन्ने यकिन तथ्यांक सार्वजनिक भइसकेको छैन । ट्यांकरमा २९ जना सवार थिए । घटनामा अहिलेसम्म एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । रूसी अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

तासका अनुसार रूसले घटनास्थलमा दुई उद्धार टग बोट र हेलिकोप्टरसँगै ५० जना उद्धारकर्मी पठाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको छानबिन गर्न उपप्रधानमन्त्री भिटाली साभेल्येभको नेतृत्वमा एक कार्यदल गठन गर्न आदेश दिनु भएको छ ।

अधिकारीहरूले ट्यांकर लक्ष्यित आपराधिक गतिविधि भएको हुन सक्ने भन्दै अनुसन्धान थालेको बताइएको छ ।



Enter Kantipur TV HD
Advertisement