पाकिस्तानमा बाढीले ३ दिनमा ३६ जनाको मृत्यु

वैशाख ४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
पाकिस्तानमा बाढीले ३ दिनमा ३६ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण पछिल्ला तीन दिनमा ३६ जनाको मृत्यु भएको छ । बाढीका कारण थुप्रै मानिस घाइते भएका छन् भने उनीहरुको घरमा पनि क्षति पुगेको बताइएको छ ।

 खैबर पख्तुनख्वामा आठ, बलुचिस्तानमा सात र पञ्जाब प्रान्तमा सात बालबालिकासहित ३६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापनले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले शोक प्रकट गर्दै प्रभावित क्षेत्रमा सहायता सामग्री पठाउन निर्देशन छन्। मौसमविद्हरूले बलुचिस्तान तथा पश्चिमी भागमा थप वर्षा हुने भविष्यवाणी गरेका छन्।



Enter Kantipur TV HD
Advertisement