काठमाडौं । हमासले गए राति दुई बन्दीको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा देखिएका पुरुष ६४ वर्षीय किएथ सिएगल र ४७ वर्षीय ओम्री मिरन हुन् । भिडियोमा उनीहरुले आफ्ना परिवारलाई प्रेमको सन्देश दिँदै आफ्नो रिहाइको अनुरोध गरेका छन् ।
मिरनलाई हमासले नहाल ओज भन्ने समुदायमा पर्ने उनकै घरबाट बन्दी बनाएको थियो । सिएगल भने दोहोरो नागरिकता भएका अमेरीकी नागरिक हुन् । अक्टोबर ७ मा उनी र उनका श्रीमतीलाई हमासले बन्दी बनाएको थियो ।
गत नोभेम्बरमा भएको बन्दी आदनप्रदानमा उनकी श्रीमतीलाई हमासले फिर्ता गरेको थियो । गत अक्टोबर ७ मा हमासले २ सय ५० इजरायली लगायत केही विदेशी नागरिकलाई बन्दी बनाएको थियो । त्यस घटना पश्चात इजरायली हमलामा परी ३४ हजारभन्दा बढी प्यालेसटिनीको मृत्यु भएको छ ।