इजरायल र हमासबीचको युद्धबारे छलफल गर्न अरबी मुलुकका पदाधिकारी साउदी अरेबियामा

गाजा संकटबारे वर्ल्ड इकनमिक फोरममा ब्रिफिङ गरिने
वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायल र हमासबीचको युद्धबारे छलफल गर्न अरबी मुलुकका पदाधिकारी साउदी अरेबियामा

काठमाडौं । वर्ल्ड इकनमिक फोरम (डब्ल्यूईएफ) सम्मेलन अगाडि अरबी मुलुकका पदाधिकारीहरु इजरायल र हमासबीचको गाजा युद्धबारे छलफल गर्न साउदी अरबियाको सहर रियाधमा भेटेका छन् । साउदी अरेबियाका परराष्ट्रमन्त्री राजकुमार फैजल बिन फरहान अल साउदले प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिव हुसेन अल शेख र इजिप्टका परराष्ट्रमन्त्री समेह शुक्रीसहित अन्य पदाधिकारीहरु सँग इजरायल र हमासबीचको युद्धबारे छलफलका लागि भेटवार्ता गरेका हुन्।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार अरबी शीर्ष पदाधिकारीहरु वर्ल्ड इकनमिक फोरम अगाडि गाजामा युद्ध विश्राम, बन्दीहरुको रिहाई र निरन्तर मानवीय सहायता लगायतका विषयमा केन्द्रित रहेका छन्। संयुक्त राष्ट्र संघ र प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रतिनिधि सामेल हुने वर्ल्ड इकनमिक फोरमको भोलिको सत्रमा गाजा संकटबारे विशेष ब्रिफिङ गरिने छ। वर्ल्ड इकनमिक फरम रियाधमा आज प्रारम्भ हुँदैछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.