अस्ट्रेलियाको सिड्नीस्थित एक चर्चमा फेरि छुरा प्रहारको घटना

पास्टरसहित चार जना घाइते
आतंकवादी संलग्नता भएको प्रहरीको दाबी
वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
अस्ट्रेलियाको सिड्नीस्थित एक चर्चमा फेरि छुरा प्रहारको घटना

काठमाडौं । अस्ट्रेलियामा तीन दिनभित्रै छुरा प्रहारको दोस्रो घटना भएको छ । हिजो साँझ सिड्नीस्थित एक चर्चमा भएको छुरा प्रहारको घटनामा पास्टरसहित ४ जना घाइते भएका छन् ।

वाक्लीस्थित क्रिस्ट द गुड शेफर्ड चर्चमा सोमबार साँझ भएको छुरा प्रहारको घटनामा  आतंकवादीको संलग्नता भएको अस्ट्रेलिया प्रहरीको दाबी छ । 

चर्चका पास्टर मार मारी इमानुएललाई छातीमै आक्रमण गरिएको छ भने अन्य ३ जनालाई सामान्य चोट लागेको छ । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणलगत्तै चर्चनजिक बढेको भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको थियो भने प्रहरीका २० वटा गाडीमा समेत आक्रमण भएको थियो । 

प्रहरीले घटनास्थलबाट १५ वर्षीय एक बालकलाई पक्राउ गरेको छ । यसअघि शनिबार सिड्नीको बोन्डी ट्रेन स्टेसन नजिकैको सपिङ मलमा एक व्यक्तिले छुरा प्रहार गर्दा ६ जनाको मृत्यु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement