इजरायल र इरान तनावबारे राष्ट्रसंघ सुरक्षा परिषद्मा छलफल

संयमता अपनाउन रुस र चीनको आग्रह
आफ्नो कारबाही समाप्त भइसकेको तेहरानको भनाइ
वैशाख ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायल र इरान तनावबारे राष्ट्रसंघ सुरक्षा परिषद्मा छलफल

काठमाडौं । रुस र चीनले इजरायल र इरान दुवै संयमता अपनाउन आग्रह गरेका छन् । इजरायलमाथि इरानको जवाफी हमलापछि बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा रुस र चीनले दुवै मुलुकलाई संयमता अपनाउन आग्रह गरेका हुन् ।

राष्ट्रसंघ सुरक्षा परिषद् बैठकमा इजरायल र इरानले भने एक-अर्काको सैन्य क्रियाकलापको आलोचना र भर्त्सना गरेका थिए । इरानले शनिबार सयौंको सङ्ख्यामा ड्रोन र मिसाइल प्रहार गरेको थियो । 

अप्रिल १ मा सिरियास्थित इरानी दूतावासमा इजरायली हमलामा इरानी उच्च सैन्य अधिकारीहरूको मृत्यु भएपछि इरानले प्रतिकार गरेको हो। यसअघि पनि सो क्षेत्रमा इरान र इजरायलका समर्थकहरुबीच मुठभेट हुँदै आएको थियो।  इजरायलले भने दूतावासमाथिको हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन ।

यसैबीच तेहरानले अब तनाव धेरै नबढाउने भन्दै आफ्नो कारबाही समाप्त भइसकेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement