उपनिर्वाचन मत परिणाम : बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसले लियो अग्रता

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचन मत परिणाम : बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसले लियो अग्रता

काठमाडौं । बझाङ-१ को मतगणनामा एमालेका उम्मेदवारर दनम भण्डारीलाई २ सय २१ मतले पछि पार्दै कांग्रेसका अभिषेक सिंहले अग्रता लिनुभएको छ ।

अहिलेसम्मको मतगणनामा कांग्रेसका सिंहले ७ हजार ४सय ९२ मत ल्याउनु भएको छ भने एमालेका दमन भण्डारीले ७ हजार २ सय २८ मत ल्याउनु भएको छ । 

यस्तै माओवादी केन्द्रका जनक बुढाले २ हजार ८ सय ९५ मत ल्याउनु भएको छ भने एकीकृत समाजवादीकाका दिलबहादुर सिंहले २ हजार १ सय २ मत ल्याउनु भएको छ । मतगणना अहिले जारी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.