उदयपुरमा समानुपातिकतर्फ एमालेले पायो धेरै मत

मंसिर १३, २०७९ |भोटराज राई
उदयपुरमा समानुपातिकतर्फ एमालेले पायो धेरै मत

उदयपुर । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ उदयपुरका जनताको मत नेकपा एमालेलाई बढी गएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाभरबाट एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा ३७ हजार ६९९ मत पाएको छ । जसमा क्षेत्र नं. १ बाट २३ हजार ८३६ र क्षेत्र नं. २ बाट १३ हजार ८६३ मत आएको हो ।

प्रदेशसभातर्फ एमालेले ३९ हजार ७५४ मत प्राप्त गरेको छ । जसमा २५ हजार ७५ मत क्षेत्र नं. १ बाट र १४ हजार ६७९ मत क्षेत्र नं. २ बाट प्राप्त भएको हो ।

उदयपुरबाट प्रतिनिधिसभामा दोस्रो समानुपातिक मत नेपाली कांग्रेसले प्राप्त गरेको छ । जिल्लाभरबाट कांग्रेसले २९ हजार ९९४ मत प्राप्त गरेको छ । जसमा क्षेत्र नं. १ को १९ हजार ४७९ र क्षेत्र नं. २ बाट १० हजार ५१५ मत प्राप्त भएको हो ।

कांग्रेसले प्रदेशसभामा ३० हजार १४५ मत प्राप्त गरेको छ । जसमा क्षेत्र नं. १ बाट १९ हजार ५४७ र क्षेत्र नं. २ बाट १० हजार ५९८ मत प्राप्त गरेको हो ।

एमाले र कांग्रेसपछि नेकपा माओवादी केन्द्रले तेस्रो स्थान पाएको छ । उसले १७ हजार १४५ मत प्रतिनिधिसभामा प्राप्त गरेको छ । जसमा क्षेत्र नं. १ बाट ९ हजार ७३९ र क्षेत्र नं. २ बाट ७ हजार ४०६ मत प्राप्त गरेको हो । माओवादीले प्रदेशसभामा क्षेत्र नं. १ बाट ८ हजार १७१ र क्षेत्र नं. २ बाट ७ हजार ३२६ मतसहित कुल १५ हजार ४९७ मत प्राप्त गरेको छ ।

चौथो, पाँचौ र छैटौँ स्थानमा राप्रपा, नेकपा एकीकृत समाजवादी र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पाएका छन् ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement