नेपालको विकासमा भारत सधैं अग्रसर हुन्छ : राजदूत श्रीवास्तव

माघ २०, २०७९ |आरएन विश्वास
नेपालको विकासमा भारत सधैं अग्रसर हुन्छ : राजदूत श्रीवास्तव

सप्तरी । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सधैं नेपालको विकासका लागि अग्रसर रहेको जनाएका छन् ।

भारतीय दूतावासको आर्थिक सहयोगले सप्तरीमा निर्मित अस्पताल तथा विद्यालय भवनको आज (शक्रबार) संयुक्त रुपमा उद्घाटन गर्दै भारतीय राजदूत श्रीवास्तावले सप्तरीसहित नेपालको विकासका लागि थप काम अगाडि बढाउने वाचासमेत गरे ।

करिब दुई दशकअघि सप्तरीमा प्रदान गरेको पाँचवटा विभिन्न योजनामध्ये राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रसूति भवन र बोरिया तथा ब्रह्‌मपुर मावि भवनको मात्र शुक्रबार उद्घाटन भएको हो ।

बाँकी रहेको कन्या छात्रावास र कुनौली फत्तेपुर सडकको निर्माण काम अझ अधुरो रहेकाले कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा दुईतर्फी छलफल गरेर अघि बढ्ने उनको प्रतिबद्धता थियो । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादवले भारतीय अनुदानले सप्तरीमा रहेका अधुरा योजना सम्पन्न गराउन राजदूत श्रीवास्तवसमक्ष आग्रह गर्दै थप योजना प्रदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा मधेस प्रदेशसभाका सदस्यहरु तथा विभिन्न स्थानीय तहका प्रमुखसहित सर्वसाधारणको सहभागिता थियो ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement