काठमाडौं । नेपाल बार एसाेसियसनले 'भ्रष्टाचारका चार सय मुद्दा डिसमिस गर्न सर्वोच्चका न्यायाधीश सहित डिल' शीर्षकमा 'सिधाकुरा डट कम' अनलाइनमा शुक्रबार प्रसारित/प्रकाशित सामग्रीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एसोसिएसनले शुक्रबार विज्ञप्ति जारी गरी स्वतन्त्र न्यायपालिका, कानुन व्यवसायी र सञ्चार गृहउपर नियाेजित आक्रमण गर्नेलाई आवश्यक कानुनी कारबाही गर्न माग गरेकाे छ ।
बारले अस्पष्ट, अपूर्ण, भ्रमक र दूषित सामग्री प्रसारण गर्ने व्यक्ति र सञ्चार माध्यम उपर छानविन गर्नुपर्ने भनेकाे छ ।
बारको विज्ञप्तिमा भनिएको छ, 'न्यायपालिका उपर भ्रम सृजना गर्ने र काल्पनिक र झुठा आराेप लगाउने कार्य न्यायपालिकामाथिको नियाेजित आक्रमण भएको बार एसोसिएसनकाे ठहर छ ।'