परीक्षा प्रणाली पुनरावलोकनको माग गर्दै एमबीबीएस र बीडीएसका विद्यार्थीको प्रदर्शन (तस्बिरसहित)

माघ १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
परीक्षा प्रणाली पुनरावलोकनको माग गर्दै एमबीबीएस र बीडीएसका विद्यार्थीको प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहमा निश्चित समय अवधिमा परीक्षा उत्तीर्ण गरीसक्नुपर्ने अर्थात् बेरियर प्रणाली पुनरावलोकनको माग गर्दै आज (बुधबार) विद्यार्थीले प्रदर्शन गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सकशास्त्र अध्ययन संस्थानका विद्यार्थीले एमबीबीएस र बीडीएसका विद्यार्थीले पहिलो वर्षमा ६ पटक र दोस्रो वर्षमा चारपटकमा परीक्षामा अनिवार्य रुपमा उत्तीर्ण हुनुपर्छ । यो व्यवस्थाले आफूहरु मारमा परेको र परीक्षा प्रणालीको पुनरावलोकनको माग गर्दै विद्यार्थीहरुले आज काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

चिकित्साशास्त्र अध्ययन संस्थानले भने बेरियर प्रणालीका विषयमा विषय विज्ञहरुसँग सल्लाह भएको र कायमै राख्नुपर्ने सुझाव आएको जनाएको छ ।

त्यसो त विद्यार्थीले भर्ना कै क्रममा एकतिहाइ रकम क्याम्पसमा बुझाउनुपर्ने व्यवस्था छ । क्याम्पसले विद्यार्थीबाट एकमुष्ट रकम असुलेको भए फिर्ता गर्न पहल गर्ने संस्थानले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement