सामुदायिक विद्यालयका बिद्यार्थीलाई सहजरुपमा आउजाउका लागि स्कुल बस उपलब्ध गराउने बागमती प्रदेश सरकारको योजना प्रभावकारी हुन सकेको छैन । योजना कार्यान्वयन नहुँदा आर्थिक वर्ष २०७८-०७९ मा बस खरीद गर्नका लागि छुट्याएको ४ करोड रुपैयाँ फ्रिज भएको छ ।
बाग्मति प्रदेश सरकारले आर्थिक वर्ष २०७८-०७९ मा १७ वटा सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन बजेट छुट्याएको थियो । प्रदेशको शिक्षा विकास निर्देशनालयले अहिलेसम्म हेटौँडा ११ नवलपुरस्थित त्रिभुवन माविलाई मात्रै बस खरीदका लागि २५ लाख रुपैयाँ उपलब्ध गराएको छ । बिद्यार्थी संख्या न्युन रहेका विद्यालय ठूला स्कुलमा गाभ्ने र त्यहााका विद्यार्थी ल्याउन बस उपलब्ध गराउने सरकारको निती थियो । २०७८ सालमा साना विद्यालय गाभिएका स्कुललाई मात्रै बस उपलब्ध बनाउने कार्यबिधीका कारण १७ वटा बस खरीद गर्न छुट्याईएको बजेट खर्च हुनै सकेन ।
बजेट छुट्याएर पनि विद्यालयलाई उपलब्ध नगराउनु दुखद भएको सामुदायिक विद्यालयका प्रधानाध्यापक बताउाछन् ।
कार्यबिधि संशोधन नगरी १६ वटा बस खरीद गर्न नसक्दा चार करोड बजेट फ्रिज गराएको बागमती प्रदेश सरकारले यही कार्यक्रमका लागि यसवर्ष ६ करोड ७५ लाख बजेट छुट्याएको छ ।