सोलर र व्याट्रीले डिमाण्ड पूरा गर्नसक्छ भने प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरूरी छैनः कार्यकारी निर्देशक शाक्य

श्रावण २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सोलर र व्याट्रीले डिमाण्ड पूरा गर्नसक्छ भने प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरूरी छैनः कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत आवश्यकता पूरा गर्नसके विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरूरी नरहेको स्पष्ट पार्नुभएको छ ।

उहाँकाअनुसार राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलर ब्याट्रिले धान्नसक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ । अहिले उद्योगहरूमा विद्युतको खपत त्यति नरहेको शाक्यले बताउनु भयो । 

सोलर, ब्याट्रिले साँझ, बिहानको विद्युतको आवश्यकता पूरा गर्न सके जलविद्युत नै भनिरहनुपर्ने अवस्था नरहने उहाँको भनाइ छ । यो ठूला जलविद्युतका हकमा रहेको उहाँले बताउनु भयो । 

राजधानीमा आयोजित एक कार्यक्रमललाई सम्बोधन गर्दै शाक्यले सिंचाई हुने ठाउँहरूमा चोरीको समस्या देखिएको बताउनु भयो । उहाँकाअनुसार त्यहाँ सोलर र पम्प राखेर मिटर जडान गर्नुपर्छ । त्यसपछि त्यहाँ चोरी हुने सम्भावना कम हुँदै जानेछ । छिमेकी भारतको अनुभवले पनि त्यही देखाएको छ । तराई, पहाडतिर सिंचाईमा सोलर जोडिनुपर्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरूका सडक पोलमा विद्युत प्राधिकरणले बत्ती राख्दिने गरेतापनि पालिकाहरूले धेरै वर्षसम्म पनि विद्युत वक्यौता नतिर्ने गरेको बताउनु भयो । 

उहाँकाअनुसार बजेटमा नगरहरूले वक्यौता व्यवस्था गर्ने गरेका छैनन् । अब पालिकाहरूले सोलर बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्छ । त्यो बिजुलीलाई प्राधिकरणले खरिद गरिदिने शाक्यले बताउनु भयो । 

प्रसारण लाइका नजिक सोलर राख्ने र प्रशारण लाइनभित्र परेका जग्गाहरूको सदुपयोग गर्ने गरी प्राधिकरण लागिरहेको बताउँदै उहाँले पाइलट पोजेक्टका रूपमा खिम्तिमा सुरू भइसकेको उहाँले जानकारी दिनुभयाे।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.