उखु किसान भन्छन्- सरकारले तोकेको मूल्य पाएनौं

माघ ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
उखु किसान भन्छन्- सरकारले तोकेको मूल्य पाएनौं

काठमाडौं । किसानका प्रतिनिधिहरुले सरकारले निर्धारण गरेको उखुको न्यूनतम् समर्थन मूल्य पर्याप्त नभएको बताएका छन् ।

किसानका प्रतिनिधिहरुले प्रतिक्विन्टल ७ सय ५ रुपैयाँ माग गरेको भए पनि सरकारले अनुदानसहित ६ सय १० रुपैयाँ निर्धारण गरेको छ । यसमा सरकारी अनुदान ७० रुपैयाँ जोडिएको छ । बजार मूल्यअनुसार यो पर्याप्त नभए पनि खेतको उखु छिटो बिक्रीको व्यवस्था मिलाउनसमेत उनीहरुको माग छ ।

‘सरकारले गरेको निर्णयमा हामी खुसी नै छौं, तर बजारमा बढेको मूल्यका आधारमा अझ रेट बढाको भए हामी झन् खुसी हुने थियौं,’ उखु किसान वीरेन्द्र यादव बताउँछन् ।

यता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने किसान, उद्योगी र सरकारका प्रतिनिधिको संयुक्त बैठकले तय गरेअनुसार नै मूल्य निर्धारण भएको बताएको छ । गत वर्षभन्दा प्रतिक्विन्टल २० रुपैयाँ बढी रहेकाले किसानलाई राहत हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेल बताउँछन् ।

नेपालमा वार्षिक करिब ३१ लाख टन उखु उत्पादन हुन्छ। उद्योग मन्त्रालयका अनुसार अहिले देशमा १२ वटा चिनी उद्योग सञ्चालनमा छन् । वार्षिक साढे दुई लाख टन चिनीको माग रहे पनि एक लाख ५० हजार टन मात्र उत्पादन हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.