चौथो दिनको खेल सकिँदा भारतविरुद्द अष्ट्रेलिया ३ सय ३३ रनले अगाडि

पुस १४, २०८१ |खेल ब्युरो
चौथो दिनको खेल सकिँदा भारतविरुद्द अष्ट्रेलिया ३ सय ३३ रनले अगाडि

काठमाडौं । बोर्डर-गावस्कर ट्रफी अन्तर्गत चौथो टेस्टमा चौथो दिनको खेल सकिँदा अष्ट्रेलियाले भारतविरुद्ध ३ सय ३३ रनको अग्रता लिएको छ । मेलबर्नमा चौथो दिनको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो इनिङ्समा ९ विकेट गुमाएर २ सय २८ रन बनाएको छ । नाथन लायोन ४१ र स्कट बोल्यान्ड १० रनमा अन्तिम जोडीको रुपमा अपराजित छन् ।

भारतले आइतबार ३ सय ५८ रनमा ९ विकेट गुमाएको अवस्थाबाट दिनको सुरुवात गरेको थियो । भारत ३ सय ६९ रनमा अलआउट भयो । नितिश रेड्डीले १ सय १४ रन बनाए । यससँगै अस्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ५ रनको अग्रता बनाएको थियो । उसका लागि प्याट कमिन्स, स्कट बोल्याण्ड र नाथन लायोनले समान ३-३ विकेट लिए ।

शतकीय अग्रतासहित दोस्रो इनिङ्स सुरु गरेको अस्ट्रेलियाका लागि मार्नस लाबुसेनले ७० र कप्तान प्याट कमिन्स ४१ रन जोडे । ट्राभिस हेडलाई १ रनमा आउट गर्दै जसप्रित बुमराहले टेस्ट क्रिकेटमा २ सय विकेट पुरा गरे । १ सय ७३ रनमा ९ विकेट गुमाएर खराव अवस्थामा पुगेको अष्ट्रेलियाका लागि १० औं विकेटको रुपमा नाथन लायोन ४१ र स्कट बोल्यान्डले ५५ रनको अपराजित साझेदारी गरेका छन् । भारतका लागि बुमराहले ४ तथा महाम्मद सिराजले ३ विकेट लिए । अस्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ७४ रन बनाएको थियो । अस्ट्रेलियाका लागि पाँचौं दिनको सुरुवात लायोन र बोल्यन्डले गर्ने छन् । यो साझेदारी टुटेपछि भारतले विजयी लक्ष्य पाउने छ ।

दुई देशबीचको ५ खेलको टेस्ट सिरिज हाल १-१ को बराबरी अवस्थामा छ ।



Enter Kantipur TV HD
Advertisement