काडमाडौं । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज 'ए'को तेस्रो विकेट लिएका छन् । सातौं ओभरमा बलिङ गर्न आएका पौडेलले पाँऔं बलमा एलिक एथान्जेलाई क्याच आउट गराएका हुन् । क्याच ललितनारायण राजवंशीले गरेका हुन् । एथान्जे ४७ रन बनाएर आउट भएका हुन् ।
यस अघि वेस्ट इन्डिज आन्द्रे फ्लिचर चोथो ओभरको तेस्रो बलमा रन आउट भएका थिए ।
यस्तै कमल सिंह ऐरीले वेस्ट इन्डिज 'ए' को पहिलो विकेट लिएका थिए । पहिलो ओभर बलिङ गर्न ऐरीले ओभरको अन्तिम बलमा वेस्ट इन्डिजका जोन्सन चाल्सलाई बोल्ड गरेका हुन् ।