साउदी प्रो लिगमा अल-हिलालद्वारा अल-अहली २-१ ले पराजित

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
साउदी प्रो लिगमा अल-हिलालद्वारा अल-अहली २-१ ले पराजित

काठमाडौं । साउदी प्रो लिगमा अल-हिलालले अल-अहलीलाई २-१ गोलले पराजित गरेको छ ।

योसँगै लिग लिडर अल-हिलाल घरेलु लिगमा लगातार ३० खेलसम्म अपराजित छ । १-१ को बराबरी नतिजातर्फ उन्मुख खेलको अन्तिम समयमा माल्कोमले गोल गरेपछि अल-हिलाल अंक बाँड्नबाट जोगिएको हो । 

किङ अब्दुल्ला स्पोर्ट्स सीटीमा फिरास अल-बुरैकानले ३० औँ मिनेटमा गोल गर्दै घरेलु टोली अल-अहलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा माल्कोमले दुवै गोलमा योगदान गरेपछि भ्रमण टोलीले जित दर्ता गर्‍यो । ५२ औँ मिनेटमा माल्कोमको पासमा ब्राजिलका एलेक्सान्डर मिट्रोभिकले गोल गर्दै बराबरी गोल फर्काए । 

८९ औँ मिनेटमा माल्कोमले सोलो गोल गर्दै अल-हिलाललाई तीन अंक दिलाए । जितसँगै अल-हिलालले शीर्ष स्थानमा १२ अंकको फराकिलो अगता बनाएको छ । उसको ३० खेलमा ८६ अंक छ । दोस्रो स्थानमा रहेको अल-नासरको ७४ अंक छ । 

पराजित अल-अहली ५५ अंकसहित तेस्रो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.