यूएफा च्याम्पियन्सको सेमिफाइनलमा आज पीएसजी र बोरुसिया डर्टमन्ड भिड्ने

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
यूएफा च्याम्पियन्सको सेमिफाइनलमा आज पीएसजी र बोरुसिया डर्टमन्ड भिड्ने

काठमाडौं । यूएफा च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई स्वागत गर्दै छ । पीएसजीको मैदान पार्क डे प्रिन्सेसमा खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने छ ।

पहिलो लेमा १-० ले पछि परेको पीएसजीलाई फाइनलमा प्रवेश गर्न घरेलु मैदानमा पुनरागमन जित आवश्यक छ । भ्रमण टोली डर्टमन्ड बराबरी नतिजालेसमेत फाइनलमा प्रवेश गर्ने छ ।

अन्तिम ८ मा पीएसजीले स्पेनिस क्लब बार्सिलोना र डर्टमन्डले पनि स्पेनकै एथ्लेटिको मड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । पीएसजीले यस सिजनको लिग वान उपाधि जितिसेको छ । उसले १२ पटक घरेलु लिग जितेको हो । हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न नसकेको फ्रेन्च टोलीले डर्टमन्डलाई पराजित गरे पहिलो पटक प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.