सिमरा गोल्डकपको उपाधि पुलिस क्लबलाई

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिमरा गोल्डकपको उपाधि पुलिस क्लबलाई

काठमाडौं । नेपाल पुलिस क्लबले १४ औं जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

सिमरा रंगशालामा गएराति भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मछिन्द्र क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको हो । निर्धारित ९० मिनेट र थप समय समेत गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो ।

परिवर्तित गोलकिपर अमित टमाटाले दुई पेनाल्टी रोकेसँगै ८ वर्षपछि फाइनल पुगेको पुलिस जितपुरसिमरा गोल्डकपको च्याम्पियन बनेको हो । छैटौं संस्करणको फाइनलमा पुलिस आर्मीसँग पराजित भएको थियो । अमितले मछिन्द्रका सौरभ लिम्बू र चन्दन दासको प्रहारलाई रोकेका थिए ।

मछिन्द्रका विशाल तामाङ, दिवाकर चौधरी, सनिश श्रेष्ठले गोल गरे । पुलिसका लागि कप्तान रामचन्द्र बादे, पूजन राई, सुजन मगर र आशिष राईले गोल गरेका थिए । विजेता पुलिसले ट्रफीसहित १० लाख र मछिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गरे ।

मछिन्द्रका विमल घर्तीमगर सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले स्कुटर जिते ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement