नेपाल-एलाई आयरल्यान्ड उल्भ्सले दियो २ सय २३ रनको लक्ष्य

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल-एलाई आयरल्यान्ड उल्भ्सले दियो २ सय २३ रनको लक्ष्य

 काठमाडौं । नेपाल-एलाई आयरल्यान्ड उल्भ्सले पहिलो टी-ट्वेन्टी खेलमा २ सय २३ रनको विसाल लक्ष्य प्रस्तुत गरेको छ । टीयू क्रिकेट मैदानमा आजदेखि सुरु भएको तीन खेलको टी-ट्वेन्टी सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर नेपालले आयरल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । 

आयरल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २ सय २२ रन बनायो । आयरल्यान्ड उल्भ्सका लागि पिटर मुरले सर्वाधिक ४९ रनको योगदान दिए । आयरल्यान्डका केड कार्निचेल र नेल रकले समान ३८ रनको योगदान दिए भने स्टेफन डोनीले ३४, गारेथ डेलानीले ३०, ग्याभिन हनीले १८ र रोस एडायरले २ रन बनाए । नेपालका तर्फबाट कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ सेखले १-१ विकेट लए । 

हिजो हुने तय भएको खेल वर्षाका कारण रोकिएपछि आज भएको हो । नेपाल ‘ए’ले आयरल्यान्ड उल्भ्ससँग आज, भोलि र सोमबार गरी तीन टी-ट्वेन्टी खेल खेल्नेछ । त्यसपछि नेपाल ‘ए’ले उल्भ्ससँग तीन एकदिवसीय खेल खेल्ने तालिका छ । एकदिवसीय शृंखला बुधबारबाट सुरु हुनेछ ।

यसअघि नेपालको सिनियर टोलीले आयरल्यान्ड उल्भ्ससँगको दुई खेलको टी-ट्वेन्टी सिरिज क्लिन स्विप गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement