नोभाक जोकोभिचले प्रशिक्षक गोरानसँगको साझेदारी तोडे

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
नोभाक जोकोभिचले प्रशिक्षक गोरानसँगको साझेदारी तोडे

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले क्रोएसियाली प्रशिक्षक गोरान इभानिसेभिकसँगको आफ्नो साझेदारी समाप्त गरेका छन् ।

सन् १९९२, १९९४ र १९९८ मा उपविजेता बनेपछि २००१ मा विम्बल्डनमा एकल उपाधि जितेका इभानिसेभिक २०१९ मा जोकोभिकको प्रशिक्षण टोलीमा सामेल भएका थिए । उनले ३६ वर्षीय जोकोभिचलाई ९ ग्रान्डस्लाम उपाधि जिताउन मद्दत गरे । २४ पटकका मेजर च्याम्पियन जोकोभिचले इन्स्टाग्राम मार्फत गोरान र आफूले केही दिनअघि सँगै काम गर्न बन्द गर्ने निर्णय गरेको बताएका हुन् ।

जनवरीमा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा यान्निक सिन्नरसँग ६-१, ६-२, ६-७ र ६-३ ले पराजित भएपछि कीर्तिमानी २५औं ग्राण्डस्लाम एकल उपाधि जित्ने जोकोभिचको योजना सफल हुन सकेको थिएन । जोकोभिचले मे २६ देखि जुन ९ सम्म हुने फ्रेन्च ओपन चौथो पटक जित्ने लक्ष्यसहित क्ले कार्ट सिजनको तयारी गरिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement