वेस्ट इन्डिज 'ए'विरूद्ध नेपालले पहिले फिल्डिङ गर्दै

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिज 'ए'विरूद्ध नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौं । वेस्ट इन्डिज 'ए'विरूद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपाल र वेस्ट इन्डिजको 'ए' बीचको पहिलो टी-ट्वेन्टी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको हो ।

घरेलु टोली नेपाल र वेस्टइन्डिजको 'ए' बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको पहिलो खेल आज हुन लागेको हो । खेल टीयू क्रिकेट मैदानमा अहिले दिउँसो सवा १२ बाट सुरु हुँदैछ । दुबै टोली जितसहित सिरिजको सुरुवात गर्ने योजनामा हुने छन् ।

रोहित पौडेको कप्तानीमा रहेको नेपाली टिमममा हिजो मात्र ४ खेलाडी थप गरिएका थिए । टिममा कमलसिंह ऐरी, सागर ढकाल, विनोद भण्डारी र लोकश बम थप गरिएका हुन् । आईसीसीले १ महिनापछि सुरु हुने टी-ट्वेन्टी विश्वकपमा सहभागी हुने सबै टोलीलाई मे १ सम्म अन्तिम टोली घोषणा गर्दै नामावली पेस गर्न निर्देशन दिएको छ । त्यसैकारण सिरिजका सुरुवाती २ खेलको प्रदर्शन दुबै टिमका खेलाडीहरुका लागी निकै महत्वपूर्ण हुनेछ ।

वेस्ट इन्डिजको 'ए' हालसम्म नेपाल भ्रमणमा आएको सबैभन्दा बलियो टोली हो । दुई पटकको एक दिवसीय र टी-ट्वेन्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजको 'ए' टिमविरुद्ध नेपाललाई सहज हुने छैन । अनुभवी खेलाडी रोस्टन चेशको कप्तानीमा रेहको क्यारेवियन टिममा दुई पटकका टी-ट्वेन्टी विश्वकप विजेता जोनसन चाल्स सामेल छन् ।

आन्द्रे फ्लेच, ओबेद म्याककोय, ओशेन थोमस एलिक एथानाजे, किमो पल र फबिएन एलेन पनि विश्व स्तरीय क्रिकेटरहरु हुन् । एसीसी पि्रमियर कपमा आशातित प्रदर्शन गर्न नसकेको नेपाल घरेलु मैदानमा पुरानै लयमा र्फकने योजनामा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.