नेपाल-ए र आयरल्यान्ड उल्भ्सबीच तीन खेलको टी-ट्वेन्टी सिरिज आजदेखि

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल-ए र आयरल्यान्ड उल्भ्सबीच तीन खेलको टी-ट्वेन्टी सिरिज आजदेखि

काठमाडौं । नेपाल-ए र आयरल्यान्ड उल्भ्सबीचको तीन खेलको टी-ट्वेन्टी सिरिज आज सुरु हुँदै छ । नेपाल-एले आफ्नो दोस्रो सिरिज टीयू क्रिकेट मैदानमा खेल्दैछ ।

यसअघि नेपाल-एले क्यानडा-११ सँग मूलपानी क्रिकेट मैदानमा सिरिज खेलेको थियो । त्यो सिरिज नेपाल-ए ले १-२ ले गुमाएको थियो । विनोद भण्डारीको कप्तानीमा रहेको टिममा राष्ट्रिय टिमबाट खेलिसकेका ११ खेलाडी सहभागी छन् । 

तुलनात्मक रुपमा नेपाली टिमको ब्याटिङ लाइनअप बलियो देखिएको छ । दुई महिनाअघि भएको प्रधानमन्त्री कपका उत्कृष्ट खेलाडी समेटेर प्रशिक्षक ज्ञानेन्द्र मल्लले टी-ट्वेन्टी टोली घोषणा गरेका हुन् । 

आरयल्यान्डले यसअघि नेपालको सिनियर टिमसँग पनि सिरिज खेलेको थियो । यसअघिका दुई खेलमा नेपालको सिनियर टोलीले ६ विकेट र ७१ रनको जित हात परेर सिरिज क्लिन स्विप गरेको थियो । सिरिजका दुवै खेल गुमाएको आरल्यान्ड, नेपाल-एलाई हराउने योजनामा छ । 

आयरल्यान्डको टिमका ९ खेलाडीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । टेस्ट सदस्य राष्ट्र आयरल्यान्डको दोस्रो रोजाईको टोली भए पनि उत्कृष्ट खेलाडी रहेको प्रशिक्षक मोन्टी देसाईले बताएका छन् । सिरिजको दोस्रो खेल भोलि र तेस्रो खेल १८ गते हुनेछ । त्यसपछि यी दुई टिमले तीन खेलको एक दिवसीय सिरिज पनि खेल्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement