चन्द नेतृत्वको माओवादीले सुरू गर्‍यो आन्दोलन

पुस ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
चन्द नेतृत्वको माओवादीले सुरू गर्‍यो आन्दोलन

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले सरकारविरूद्ध आन्दोलन सुरू गरेको छ ।

शुक्रबारबाट काठमाडौंमा आन्दोलन सुरू भएको चन्द नेतृत्वको नेकपा (माओवादी)ले घोषणा गरेको हो । उनीहरूले सरकारविरोधी नाराबाजी गरेर विरोध जनाएका छन् । सर्वपक्षीय सरकार गठन हुनुपर्ने चन्द नेतृत्वको नेकपा (माओवादी)को माग छ । आन्दोलन घोषणा गर्दै महासचिव चन्दले अन्तरिम सुशीला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिँदै उनीहरूको मनोभ्रम ध्वस्त पार्न आफूहरू तयार रहेको बताउनु भयो । 

शुक्रबारबाट माओवादीले आन्दोलनको कार्यक्रम सुरू गरेको र यो निरन्तर जारी रहने उहाँकाे भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.