
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाबिहीन नाटक भएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा आज सम्पादकहरुसँगको संवादमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न नमिल्ने बताउनु भयो । उहाँले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष ओलीले संसद पुनःस्थापनाको विकल्प नभएको पनि बताउनु भयो । वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै उहाँले संसद पुनःस्थापन नै अन्तिम विकल्प भएको बताउनु भयो ।