काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले सहकारीका सञ्चालक तथा उनीहरूका आफन्तको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्नु पर्ने बताउनु भएको छ । अर्थ समितिको आजको बैठकमा पूर्व अर्थमन्त्री पुनले साना बचतकर्ताको रकम फिर्ता गर्दा अर्थतन्त्र चलायमान बनाउन सघाउ पुग्ने बताउनु भएको हो ।
सहकारी समस्याका कारण साना ऋण प्रवाह हुन नसक्दा बजारमा खपत घटाएको उल्लेख गर्दै उहाँले सहकारी र लघुवित्तको समस्याको समस्या समाधान गर्न सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।