एक/दुई किलो ल्याउनेलाई लछारपछार, सेटिङमा सामान भित्र्याउनेलाई छुट : उपेन्द्र यादव

मंसिर २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
एक/दुई किलो ल्याउनेलाई लछारपछार, सेटिङमा सामान भित्र्याउनेलाई छुट : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमापारिबाट एक/दुई किलो सामान ल्याउनेलाई भन्सार प्रशासनले लछारपछार गर्ने तर राति सेटिङमा सामान भित्र्याउनेलाई भने छुट दिने गरेको आरोप लगाउनु भएको छ । सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकमा यादवले यस्तो आरोप लगाउनु भएको हो ।

“साँझ परेपछि प्लेटमा राजश्व बुझेर समान छाडिन्छ । एक/दुई वटा ट्रक लाई भन्सार लगाएर अरूलाई छाड्ने गरिएको छ”, यादवले भन्नु भयो ।

साथै, उहाँले कोभिड-१९ महामहारीका वेला बन्द भएका छोटी भन्सारहरू पनि सञ्चालनमा ल्याउनु पर्ने सुझाव दिनु भयो । सीमा क्षेत्रमा राणाकालदेखि सञ्चालनमा रहेका बारा र बर्दियाका छोटी भन्सार कोभिड महामारीका वेला बन्द भएपछि जनताले दुःख पाएको उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement