काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाशशरण महतले शेयर बजारमा सीमित लगानीकर्ताले मात्रै फाइदा उठाएको बताउनु भएको छ । नियामक निकायको प्रभावकारी नियमन नहुँदा सीमित लगानीकर्ताले मात्र फाइदा उठाएको उहाँले बताउनु भएको हो ।
आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री महतले नियमनकारी निकाय समस्या हटाउन सक्षम हुन पर्नेमा आफैं समस्या निम्त्याइरहेको पनि आरोप लगाउनु भयो । “नाफा नभएका कम्पनीको मूल्य बढ्ने, नाफा भएकाको मूल्य नबढ्ने बजारमा के भइरहेको छ? सीमितले मिलेमतोमा केही कम्पनीको मूल्य बढाइरहेका छन्”, उहाँले भन्नु भयो ।