सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीद्वारा दाबी पेस

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीद्वारा दाबी पेस

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन् ।

नेता सोडारीले सत्ता गठबन्धनका तर्फबाट प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । समाजवादीका ४, एमालेका १०, माओवादीका १० र नागरीक उन्मुक्तिका २ र १ स्वतन्त्र गरी २७ प्रदेशसभा सदस्यको समर्थन लिएर सोडारीले आज प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका हुन् ।

उनलाई नाउपाका भने २ जना सदस्यले मात्रै समर्थन गरेका छन् ।

प्रदेश प्रमुख मियाले आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement