सुदूरपश्चिम सरकार बिस्तार : नागरिक उन्मुक्तिकी टीका थापा भूमि व्यवस्थामन्त्री नियुक्त

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम सरकार बिस्तार : नागरिक उन्मुक्तिकी टीका थापा भूमि व्यवस्थामन्त्री नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।

मुख्यमन्त्री सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री थापाले आजै प्रदेश प्रमुख नजीर मियाँसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 

यससँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल तीन सदस्यीय बनेको छ । भागवण्डा नमिल्दा सत्ता साझेर माओवादी केन्द्र र एमाले अझै पनि सुदूरपश्चिम सरकारमा गएका छैनन् । यसैबीच, मुख्यमन्त्री सोडारीले आगामी वैशाख २१ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.