माधव नेपालको कदम : संघीय गठबन्धनमा कस्तो असर पर्ला ?

वैशाख ४, २०८१ |दीपक आचार्य
माधव नेपालको कदम : संघीय गठबन्धनमा कस्तो असर पर्ला ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेपाली कांग्रेसलाई साथ दिएपछि संघीय सत्ता गठबन्धनमा हलचल सुरु भएको छ । नेकपा एमाले र नेकपा मा‌ओवादी केन्द्रले सहमति उल्लंघन गरेको भन्दै एकीकृत समाजवादी रुष्ट भएको हो । अब सत्ता बार्गेनिङमा हातहातै केही प्राप्त नभए गठबन्धनले फकाउँदैमा उ मान्ने पक्षमा देखिँदैन । जसको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले समेत पुष्टि गरेको छ । सत्तासाझेदार एकीकृत समाजवादी असन्तुष्ट हुँदा संघीय गठबन्धनमा कस्तो असर पर्ला त ?

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत दिने समयमा गठबन्धन दल एमाले र माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई कुनै एक प्रदेशको मुख्यमन्त्री, राष्ट्रियसभाको उपाध्यक्ष र मनोनित सदस्य दिनेसम्मको आश्वासन दिए । तर त्यो आश्वासन पूरा भएन । गठबन्धन दल एमाले र माओवादीले एकपछि अर्कोमा पेल्दै गएको बुझेको एकीकृत समाजवादी अहिले सुदूरपश्चिम प्रदेश सरकार गठनमा विपक्षी कांग्रेसको कित्तामा उभिएको छ । अब त्यो अडानबाट पछि नफर्कने संकेत उसको छ ।

संघीय सत्ता गठबन्धनको समझदारीविपरित एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससँग मिलेपछि सबैभन्दा आक्रोसित एमाले देखिएको छ । अध्यक्ष ओलीले त समाजवादीलाई अराजनीतिक चरित्रको संज्ञा नै दिएका छन् । यसले संघीय गठबन्धनमा समेत हलचल आउने संकेत गर्छ ।

प्रधानमन्त्री दाहालको दल माओवादी केन्द्र पनि समाजवादीको निर्णयप्रति असन्तुष्ट छ । विपक्षी कांग्रेसले गठबन्धनको समीकरण भत्काउन बल गरिरहेका बेला समाजवादीले हतारमा निर्णय गरेको टिप्पणी माओवादीको छ । प्रधानमन्त्री दाहालले अहिलेको विवाद मिलाउने आशा माओवादी केन्द्रको छ ।

संघीय सत्ता गठबन्धन दलमा खटपट आए सरकारसमेत धरापमा पर्न सक्छ । किनकी अहिले गठबन्धनभित्रका कुनै पनि दल बाहिरिएमा त्यसले संघमा मात्र होइन, प्रदेशहरुसमेत थप अस्थिर बन्ने छन् ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement