सांसद शैलेन्द्रमान बज्राचार्य सरकारमा सहभागी भएपछि हानेपामा विवाद

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
सांसद शैलेन्द्रमान बज्राचार्य सरकारमा सहभागी भएपछि हानेपामा विवाद

मकवानपुर । हाम्रो नेपाली पार्टी (हानेपा)का सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि पार्टीमा विवाद चर्किएको छ । हानेपाले सांसद बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष अनन्तराज घिमिरेले पार्टीको निर्णय विपरीत बज्राचार्य सरकारमा सहभागी भएको भन्दै कारबाहीको चेतावनी दिएका छन् । पार्टीको केन्द्रीय कमिटिको निर्णय विपरित बज्राचार्य सरकारमा सहभागी भएको भन्दै उनलाई कारबाही गर्ने अध्यक्ष घिमिरेले बताए ।

उनले हाम्रो नेपाली पार्टी वर्तमान सरकारमा सहभागी नहुने र सरकारलाई विश्वासको मतसमेत नदिने दाबी गरे । अध्यक्ष घिमिरेले सासंद बज्राचार्यलाई सत्तापक्षले ‘राजनीतिक अपहरण’ गरेको आरोप समेत लगाए । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता बज्राचार्य बुधबार शालिकराम जम्कटेल नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

उनलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका छन् । हाम्रो नेपाली पार्टीले जम्कट्टेल नेतृत्व सरकारलाई दिएको समर्थन चैत्र १३ गते फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको हप्ता दिन नपुग्दै बज्राचार्य मन्त्री बनेका हुन् । हाम्रो नेपाली पार्टीले यसअघि ४ चैतमा विज्ञप्ति जारी गरेर मुख्यमन्त्रीमा दाबी गरेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement