न्यायालय र मिडियालाई बदनाम गर्नेमाथि कारबाही गर्न मिडिया सोसाइटीको माग

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
न्यायालय र मिडियालाई बदनाम गर्नेमाथि कारबाही गर्न मिडिया सोसाइटीको माग

काठमाडौं । न्यायालय र कान्तिपुर मिडिया ग्रुप सहितका केही सञ्चार संस्थाको नाम जोडेर सामाजिक सञ्जालमा प्रचारित एक सामग्रीप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ । 

शुक्रबार युट्युबको एक च्यानलमा प्रसारित भिडियो/अडियो सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सोसाइटीले सो च्यानलमाथि तत्काल कारबाहीका लागि माग गरेको छ । नेपालका स्थापित सञ्चार संस्था, तिनका सञ्चालक तथा बहालवाला न्यायाधीशलाई समेत बदनाम गर्ने कुत्सित उद्देश्यका साथ बिनाकुनै तथ्य र प्रमाणका आधारमा गैरजिम्मेवार र नियोजित रुपमा 'फेक खुराक' उत्पादन गरिएको सोसाइटीको विज्ञप्तिमा उल्लेख छ । 

भ्रष्टाचार र बेथितिका घटनामा मूलधारका संचार माध्यमको निरन्तर भण्डारफोरबाट स्वार्थ समूह र राज्य संयन्त्रको दुरुपयोग गर्नेहरु अत्तालिएको सन्दर्भमा प्रतिशोध साँध्ने नियतले कलाविहीन 'फेक न्यूज' निर्माण गरी मिडिया र न्यायालयमाथि बदनाम गर्ने प्रयास गरिएको सोसाइटीले ठहर गरेको छ ।

अनलाइन तथा सोसल मिडियाको दुरुपयोगले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउने उल्लेख गर्दै सोसाइटीले यस्ता गतिविधि रोक्न सम्बन्धित सबैमा अपिल गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.