उदयपुर । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत विजयी भएका छन् । उनले ३४४ मत प्राप्त गर्दा निकट्तम प्रतिस्पर्धी परमेश्वर घिमिरेले २३० मत प्राप्त गरे ।
उपाध्यक्षमा कालुमान लामाले १ मतको अन्तरले जित हासिल गरेका छन् । उनले १९२ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी दिलबहादुर तामाङले १९१ मत पाए । उपाध्यक्षका अर्का प्रतिस्पर्धी भरतबहादुर थापाले १३७ मत पाए ।
सचिवमा टेकबहादुर राउतले १९१ मतसहित जित हासिल गरे । उनका निकटतम् प्रतिस्पर्धी शम्भु पौडेलले १८३ र महेश रोकाले १४० मत पाए ।
सहसचिवमा १९४ मत ल्याएर हेमबहादुर खड्का विजयी भए । महिला सहसचिवमा गंगा राई २६० मतका साथ विजयी भइन् ।
योसँगै पदाधिकारी पाँचसहित १०५ जनाको नयाँ जिल्ला कमिटी निर्वाचित भएको छ । भूगोल, खुला, दलित, जनजाति, महिला सदस्यमा धेरैजसो सर्वसम्मत भएको थियो भने केहीमा चुनाव भएको थियो ।