लगानी सम्मेलनको पहिलो दिन दुईवटा सम्झौतामा हस्ताक्षर

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
लगानी सम्मेलनको पहिलो दिन दुईवटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । लगानी सम्मेलनको पहिलो दिन आज दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

डेटा सेन्टर निर्माण तथा सञ्चालनका लागि नेपाली कम्पनी बीएलसी ग्रुप र भारतीय कम्पनी योट्टा डेटा सर्भिसेजबीच सम्झौता भएको हो । सम्झौतामा बीएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनील गुप्ताले हस्ताक्षर गर्नु भएको छ । 

नेपालमा विश्वस्तरको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म निर्माणका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच व्यापार तथा लगानी प्रवर्धन गर्ने सम्झौता पनि भएको छ । महासंघका अध्यक्ष चन्द्र ढकाल र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ मलेसियका अध्यक्ष टान स्री दातो सो थियान लाईले सम्झौतामा हस्ताक्षर गर्नु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.