इलाम-२ मतगणना अपडेट : कांग्रेसको अग्रता कायमै, मतान्तर घटाउँदै सुहाङ

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम-२ मतगणना अपडेट : कांग्रेसको अग्रता कायमै, मतान्तर घटाउँदै सुहाङ

इलाम । इलाम-२ को उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म ४ हजार १ सय ५१ मत गणना गरिसकिएको छ । जसमध्ये ४४ मत बदर भएको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेद्‍वार डम्बरबहादुर खड्काले अग्रता कायमै राख्नु भएको छ भने नेकपा एमालेका सुहाङ लिम्बुले खड्कासँगको अन्तर घटाउँदै लैजानु भएको छ । 

खड्काले १६ सय ५८ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका नेम्वाङले १६ सय ३० मत पाउनु भएको छ । यसैगरी, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमलाई ४ सय ३० मत प्राप्त भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ३ सय ८ मत पाउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.