चरीकोटमा छात्रावासबाट फाल हानेकी किशोरीको मृत्यु

चैत्र २३, २०८० |कान्तिपुर टीभी संवाददाता
चरीकोटमा छात्रावासबाट फाल हानेकी किशोरीको मृत्यु

दोलखा । छात्राबासकाे पाँचौ तलाबाट फाल हालेकी चरिकोटकाे च्छाे-राेल्पा नर्सिङ क्याम्पसमा अध्ययनरत किशाेरीकाे मृत्यु भएकाे छ । 

बिहीबार बेलुकी छात्रावासकाे पाँचाैं तलाबाट फाल हालेर गम्भीर घाइते भएकी कास्की, पाेखरा महानगरपालिका -१० रामबजारकी १८ वर्षीया करूणा अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

केही समयदेखि मानसिक स्वास्थ्य समस्यामा परेपछि उनले औषधिसमेत सेवन गरिरहेको खुलेको प्रारम्भिक अनुसन्धानले देखाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नर्सिङ पहिलाे वर्षमा अध्ययन गरिरहेकी उनी बुधबार मात्रै बिदा सकेर घरबाट अध्ययनका लागि चरिकाेट आएकी थिइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement