बाजुराका पाँच मतदान केन्द्रका लागि निर्वाचन सामग्री र मतपत्रसहित कर्मचारी प्रस्थान

फाल्गुन १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाजुराका पाँच मतदान केन्द्रका लागि निर्वाचन सामग्री र मतपत्रसहित कर्मचारी प्रस्थान

बाजुरा । आसन्न निर्वाचनका लागि बाजुराका दुर्गम क्षेत्रका पाँच मतदान केन्द्रका लागि निर्वाचन सामग्री र मतपत्रसहित कर्मचारी प्रस्थान गरेका छन् । 

मतदान प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिमपछि निर्वाचन कर्मचारीहरूले आवश्यक सामग्री बुझेर तोकिएका मतदान स्थलतर्फ पठाउन सुरू गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिनुभयो । 

जिल्लाका ७७ मतदानस्थलका एक सय १८ मतदान केन्द्रमध्ये हिमाली गाउँपालिकाको १,२ र ३ मा रहेका मतदान केन्द्रका लागि टोली हिँडेको हो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.